काठमाण्डौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी छिन छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो।
जेन-जीको माग अनुसार संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको हो ।
आजै राति ९ बजे पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नेछिन । शपथलगत्तै मन्त्रिपरिषद् गठन हुने भएको छ ।
जेन-जी आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
Post a Comment