सुर्खेत : सुर्खेतको वीरेन्दद्रनगरमा आन्दोलनरत जेन–जीहरूले प्रमुख तीन दलका पार्टी कार्यालयअघि प्रर्दशन गरेका छन् । आइतबारको आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको विरोधमा उत्रिएका जेन–जीहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जिल्लास्थित पार्टी कार्यालयअघि पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
सोमबार बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन थालेका जेन–जीहरूले अहिले राजनीतिक दलका पार्टी कार्यालय घेराउ गर्न थालेका हुन् ।
उनीहरूले तीनै दलका शीर्ष नेताहरूको चर्को विरोध गरिरहेका छन् । भने, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गररहेका छन् ।
आइतबार सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचार र बेथितिविरुद्ध जेन–जीले थालेको आन्दोलनमा सरकारले बल प्रयोग गर्दा हिंसात्मकरुप लिइरहेको छ ।
Post a Comment