कर्णालीको शिक्षा सुधारका लागि वृहत छलफल सुरु

सुर्खेत : कर्णाली प्रदेशमा शिक्षा सुधारका लागि तीन वटै तहका सरोकारवालाबिच वृहत छलफल सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाँच दिनसम्म प्रदेशस्तरीय अभिमुखीकरणको आयोजना गरी शिक्षासँग सम्बन्धित समस्याका बारेमा छलफल सुरु गरेको हो ।

कार्यक्रममा शिक्षासँग सम्बन्धित विभिन्न निति, नियम कानुन, निर्देशिका तथा मापदण्ड र वाविर्षक कार्यक्रम कार्यान्वयन सम्बन्धी छलफल गरिनेछ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका दशवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणी पौडेलले शिक्षाको क्षेत्र सिमित नभएर, असिमित भएकाले, निति, नियम कानुन, निर्देशिका तथा मापढण्ड र स्थानीय तहले गराएका मापदण्डहरु अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताए । ‘शिक्षा सम्बन्धी बनाइएका योजनाहरु अघि बढ्नुपर्छ,’ उनले भने, ‘विद्यालयमा कँहा निर के समस्या छ त्यसको उद्देश्य अध्ययन गरेर कार्यान्वयन गर्न जरुरी छ ।’

सचिव पौडेलले शिक्षाको क्षेत्रमका लागि विनियोजन हुने बजेट रकमान्तर नभई शिक्षा क्षेत्रमा नै खर्च भएको छ÷छैन भन्नेतर्फ ध्यान दिन जरुरी रहेको उनले बताए । संघले पठाएको बजेट कान्वयन गर्ने सम्बन्धमा द्वविधा नहुन समेत उनले आग्रह गरे ।

सचिव पौडेलले शिक्षा विधेयक जारी हुने भन्दै शिक्षा सम्बन्धि संविधानमा गरिएका व्यवस्था पनि चाँडै कार्यान्वयन हुने जानकारी दिए ।

उनले गाउँ–गाउँमा विकास पुग्यो तर बस्ती घट्दै गएको भन्दै कतिपय स्थानमा विद्यालय भवन भएपनि शिक्षक र विद्यार्थीको अभाव हुने गरेको बताए । ‘शिक्षा क्षेत्रलाई सन्तुलित बनाएर लैजानुपर्छ,’ उनले भने, ‘पालिका, जिल्ला, प्रदेश र संघलाई मिलाएर लग्यो भने शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।’ उनले प्राथामिक तह र माध्यमिक तहका विद्यालयहरुलाई रुपान्तरण गरि लैजानुपर्ने बताए । शिक्षाको क्षेत्रमा वेरुजु आउन नदिन तीन तहका सरकारबीच समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ ।

शिक्षाका लागि पालिकाबाटै साक्षरता घोषणा कार्यक्रम गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशलाई पुर्ण साक्षर घोषणा गर्नका लागि तदारुकताका साथ लाग्नुपर्ने उनको भनाइ छ ।

शिक्षा निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले तीन तहका सरकारको शिक्षामा समन्वयको अभाव भएको अवस्थामा यो कार्यक्रमले शिक्षा सुधारमा सहयोग पुग्ने बताइन् । कक्षा कोठाको शिक्षा सुधार अबको आवश्यकता भएको उनको भनाइ छ । उनका अनुसार कर्णालीका शिक्षामा पुर्वाधार निर्माणमा धेरै खर्च भएको तर नतिजा कमजोर देखिएको बताइन ।


 

Post a Comment

Previous Post Next Post