कर्णालीमा दुई दलका शीर्ष नेताहरूबीच सहमति बैठक

सुर्खेत  : कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पछिल्ला दिनमा देखिएको असमझदारीपछि शुक्रबार दुई दलका शीर्ष नेताहरूबीच प्रदेशस्तरीय बैठक बसेको छ ।

लामो समयदेखि सरकारले लिने निर्णय र राजनीतिक सहकार्यमा तालमेल नदेखिँदा उत्पन्न तनाव कम गर्न बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले विभिन्न सरकारी निकायमा हुने नियुक्तिहरू तत्काल गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन ठोस कदम चाल्ने तथा एक वर्षको सरकार सञ्चालनको गम्भीर समीक्षा गर्ने निर्णय गरेको छ ।

यी निर्णयहरूबाट दुबै दलले गठबन्धनको विश्वास पुनःस्थापित गर्ने र प्रदेश सरकारलाई स्थायित्वका साथ अघि बढाउने अपेक्षा गरिएको छ । यो निर्णयसगै कर्णालीमा कांग्रेस–एमालेविच भएको विवाद तत्काललाई समाधान भएको नेताहरुले बताएका छन् ।

Post a Comment

Previous Post Next Post