महिला उद्यमीमैत्री बन्दै उद्योग वाणिज्य संघ

सुर्खेत : गत बैशाखमा निर्वाचित भएर आएको सुर्खेत उद्योग वाणिज्य संघको नयाँ १४ औं कार्य समितिले महिला उद्यमीहरूलाइ थप प्राथमिकतामा राखी सदस्यमुखी कार्यक्रम तथा अभियानका साथै सुधारोन्मुख कार्यक्रमहरूको शुरूवात गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघले कार्यस्थलमा हुने लैंगिक हिंसा, असमानता र दुर्व्यवहारविरुद्ध ६ बुँदे संस्थागत प्रतिवद्धता जारी गर्दै सुनुवाइ तथा समाधनका लागगि समितिपनि गठन गरेको छ । 

लैंगिकताका आधारमा कार्यक्षेत्रमा हुने हिंसा, दुर्व्यवहारविरूद्ध  शून्य सहनशीलता नीति, समानताको संरक्षण, दुर्व्यवहार रोकथाम, सुरक्षित गुनासो संयन्त्र, नियमित जागरूकता तथा तालिम कार्यक्रम, र कानुनी परिपालनालाई प्राथमिकता दिइने उल्लेख छ ।

लैंगिक हिंसा र विभेदविरुद्धको नीतिको प्रभावकारी कार्यान्वयन तथा गुनासो सुनुवाइका लागि संघको श्रावण महिनामा बसेको मासिक बैठकबाट आन्तरिक रूपमा ३ सदस्यीय विशेष समिति गठन गरिएको छ । 

यससम्बन्धि उजुरीको गोप्य, निष्पक्ष र छिटो छानबिन गर्ने गरी गठित समितिको संयोजकमा कार्य समिति सदस्य टोपेन्द्रजंग शाही, सदस्यमा पूजा सिंह र निमित्त कार्यकारी निर्देशक गणेशकुमार कार्की रहेका छन । 

संघको सचिवालय तथा संघको सदस्य रहेका उद्योग वा वाणिज्य फर्महरूमा हुनसक्ने लैंगिक हिंसा, भेदभाव वा दुर्व्यवहारका विषयको सुनुवाइ तथा समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष हर्षविक्रम खड्काले बताए ।

यो पहलले महिला उद्यमशीलता प्रवर्द्धनमा मात्र नभई सुरक्षित र सम्मानजनक कार्यस्थल निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । उनले भने, यसबाट महिलाहरूमा उद्यमशीलता र कार्यक्षमता दुबै प्रवर्द्धन हुने विश्वास लिएका छौं ।

संघले महिला उद्यमीलाई व्यवसाय दर्ता रजिष्ट्रेशनदेखि व्यवसायिक खाका तथा योजना निर्माणसम्म सहयोग पुर्यारउने उद्देश्यले महिला उद्यमशीलता हेल्प डेस्क यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । 

उद्योग व्यवसायको औपचारिकीकरणमा टेवा पुर्या्उने यो हेल्प डेस्कमार्फत महिला उद्यमीहरूलाई आवश्यक परामर्श, कागजी प्रक्रिया र व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइने संघले जनाएको छ ।

संघले यसअघि आफ्ना सबै सदस्यहरूलाइ लक्षित गरी ५ लाख रूपैयाँको जीवन वीमाका साथै औषधी उपचारमा विशेष छुटसम्मको व्यवस्था मिलाएको जनाएको थियो ।

सुर्खेतबाट सामान लिन होस् या अन्य काम विशेषले काठमाण्डौ लगायतका ठाउँमा जाँदा सार्वजनिक यातायातमापनि सदस्यहरूलाइ छुट दिलाउने प्रयास भैरहेको छुु, अध्यक्ष खड्काको भनाइ छ, यसैगरी काठमाण्डौका केहि होटलमा पनि संघ सदस्यहरूले विशेष छुट पाउने व्यवस्था छिटै मिलाइनेछ ।

कार्यस्थलमा लैंगिक हिंसा, असमानता र दुर्व्यवहारविरुद्ध प्रतिबद्धता

लैंगिक समानताको सिद्धान्तमा दृढ विश्वास राख्दै, सबै प्रकारका लैंगिक हिंसा, भेदभाव र दुर्व्यवहारको विरुद्ध हामी यो प्रतिबद्धता पत्रमार्फत लैंगिकताका आधारमा हुने हिंसा, असमानता र दुर्व्यवहारलाई पूर्णरूपमा निरूत्साहित, नियन्त्रण एवं उन्मूलन गर्न र सबैका लागि सम्मानजनक कार्यस्थल निर्माण गर्ने देहाय बमोजिमको प्रतिवद्धता व्यक्त गर्दछौँ।

शून्य सहनशीलता: हामी कार्यस्थलमा लैंगिकताका आधारमा हुने कुनै पनि प्रकारका हिंसा (शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक)लाई स्वीकार गर्दैनौँ। यस्ता कार्यहरू गर्नेलाई तत्काल कारबाही गरिनेछ।

समानताको संरक्षण: हामी लैंगिकताका आधारमा कुनै पनि प्रकारको भेदभाव (जस्तैस् तलब, अवसर, जिम्मेवारी, वा पदोन्नति) हुन नदिन प्रतिबद्ध छौँ। गर्भावस्था, मातृत्व बिदा वा पारिवारिक जिम्मेवारीमा कर्मचारीलाई समान अवसर र सम्मान प्रदान गरिनेछ।

दुर्व्यवहार रोकथाम: लैंगिकताका आधारमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार शाब्दिक, सांकेतिक, (मौखिक, गैर(मौखिक, वा व्यवहारजन्य) लाई रोक्न र यस्ता गतिविधिहरूको तत्काल सम्बोधन गर्न हामी कटिबद्ध छौँ ।

सुरक्षित गुनासो संयन्त्रस् हामीले लैंगिक हिंसा, असमानता वा दुर्व्यवहार सम्बन्धी गुनासोहरूको गोपनीय र निष्पक्ष छानबिनका लागि प्रभावकारी संयन्त्र स्थापना गर्नेछौँ। पीडितलाई कुनै डर वा दबाबबिना उजुरी गर्न प्रोत्साहित गरिनेछ ।

जागरूकता र तालिम: हामी नियमित रूपमा कर्मचारीहरूलाई लैंगिक समानता, हिंसारहित कार्यस्थल र सम्मानजनक व्यवहारसम्बन्धी सचेतनामूलक तालिम, अभिमुखीकरण र जागरूकताका कार्यक्रमहरू नियमित सञ्चालन गर्नेछौँ ।

कानुनी परिपालना: हामी नेपालको प्रचलित कानुन, विशेष गरी लैंगिक हिंसा र भेदभावविरुद्धका कानुनहरूको पूर्ण पालना गर्नेछौँ ।

 

Post a Comment

Previous Post Next Post