गाउँमा आउने विकास बजेटलाई मैंले ल्याएको हो भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँमा आउने विकास बजेटलाई मैंले ल्याएको हो भनेर दाबी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । आज चौकुने गाउँपालिका वडा नं.६ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने बताए । संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, कसैको व्यक्तिगत सम्पति होइन, उनले भने, मैंले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन । 

योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी आएको मुख्यमन्त्री कँडेलको भनाई थियो । हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके त्यो आयोजना पनि दिगो हुन्छु, उनले भने । भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु समेत सहभागिता थियो । 

साथै मुख्यमन्त्री कँडेलले निर्माणाधिन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गरे । उनले समयमै सडक निर्माण कार्य पुरा गर्न सम्बन्धित निर्माण व्यवसायी र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali