सुर्खेत : कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष रूपमा मनाउन लागेको छ। शहिदहरूको बलिदानी र संघर्षका कारण प्राप्त कर्णाली प्रदेशको स्थापना दिवसलाई भव्यताका साथ मनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ।
यस अवसरमा सरकारले प्रदेशभरि सार्वजनिक विदा दिने घोषणा गरेको छ। भदौ ४ गते बुधबार प्रदेशभरि विदा दिइने निर्णय गरिएको हो। प्रदेश स्थापना दिवसको अवसर पारेर भदौ ३ गतेदेखि ५ गतेसम्म तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
Post a Comment