कालीकोट : कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकको मान्म-बिहानी खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ। सोमबार बिहान गएको पहिरोले कर्णाली राजमार्गको कालीकोटको मान्म-बिहानी सडक खण्ड अवरुद्ध भएको हो।
खाँडाचक्र नगरपालिका-५ मा पर्ने बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुबाट सुर्खेत जान आएका गाडी रोकिएका छन्। रातिदेखि पानी परेकोले बिहान पहिरो गएको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले बताए।
पहिरो हटाउन पिलिबाट जेसीभी मेसिन आइसकेको छ,उनले भने,पहिरो हटाएपछि खुल्छ। पहिरो हटाउन आधा घण्टा लाग्ने उनको भनाइ छ। तर सर्वसाधारण यात्रुहरूले भने बिहानदेखि डोजर आउँछ भनेपनि ढिलासम्म नआएको भन्दै गुनासो गरेका छन्।
बिहानी सडक अवरुद्ध भएकोले जुम्लातर्फ जाने गाडी ताडी बजारमा रोकिएका छन्। वर्षा लागे संगै यता पानी परेको दिन पहिरो झरेर कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ।
Post a Comment