सुर्खेत : सवारी चापलाई न्युनिकरण तथा व्यवस्थापन गर्न वीरेन्द्रनगरका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा टाफिक लाइट जडान गरि ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । नगरपालिमा बसाइँसराइका कारण बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो । उपमहानगर बनाउने योजना बनाईरहेको पालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बढ्दै गएको सहरी चापलाई व्यवस्थित बनाउन जडान गरेको बताइन । उनले भनिन् ‘ट्राफिक लाइटलाई व्यवस्थित बनाउनका लागि ट्राफिक संग सहकार्य गरेर अघि बढेका छौँ ।’ ट्राफिक लाइटको रेखदेखको जिम्मेवारी ट्राफिक प्रहरी कार्यालयलाई दिँदा सडक व्यवस्थित भई सवारी चापलाई व्यवस्थापन गर्न सजिलो हुने उनले बताइन । नगरप्रमुख ढकालले पैदलयात्रीलाई ट्राफिक लाइटले सुरक्षित र सहज बनाउका लागि विभिन्न चोकहरुमा लाइट राख्नुका साथै मंगलगढी चोकमा आकाशे पुल निर्माणको काम समेत शुरूवात भैसकेको जानकारी दिइन। आगामी दिनमा फराकिलो सडक सँगै अन्य व्यस्त सडक तथा चोकहरूमा पनि ट्राफिक लाइटको काम थप विस्तार गरिने योजना रहेको जानकारी गराइन । वीरेन्द्रनगर २५० देखि ३०० सम्मका सिसिटिभि क्यामरा जडान गर्ने समेत जानकारी दिइन ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले ट्राफिक लाइड जडान भएसँगै ट्राफिक व्यवस्थापनमा निकै सहज हुने बताएका छन । ट्राफिक लाइटको जिम्मेवारी तथा निगरानी पाए अनुसार काम गरेर देखाउने जनाएका छन ।
.jpeg)

Post a Comment