नेपाल राष्ट्रिय मावि, कर्मला — बर्दियामा तेस्रो स्थान हासिल

ठाकुरबाबा, बर्दिया —शिक्षा क्षेत्रमा उदाहरणीय प्रगति गर्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कर्मला ठाकुरबाबा-२ बर्दियाले SEE २०८१ को परीक्षामा सामुदायिक बिधालय मध्ये उतिर्ण प्रतिसत का आधार मा बर्दिया जिल्ला मा तेस्रो  स्थान हासिल गरेको छ। विद्यालयका ९४.१२% विद्यार्थी सफल भएका छन्, जुन बर्दिया जिल्लामै उत्कृष्ट उपलब्धि मानिएको छ।

विद्यालयका प्रधानाध्यापक श्री जगत बजगाईंका अनुसार, यो सफलताको श्रेय विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण, र अभिभावकहरूको निरन्तर साथलाई जान्छ। उहाँले भन्नुभयो,

"हामी गुणस्तरीय शिक्षालाई निरन्तर प्राथमिकतामा राख्दै आएका छौं। विद्यार्थीहरूको प्रगति हाम्रो सामूहिक मेहनतको प्रतिफल हो।"

यस उत्कृष्ट नतिजाले विद्यालयप्रति अभिभावकहरूको विश्वास अझै बलियो बनाउने विश्वास प्रधानाध्यापक बजगाईंले व्यक्त गर्नुभयो। विद्यालयले आगामी शैक्षिक सत्रमा अझ प्राविधिक र प्रयोगात्मक शिक्षामा जोड दिने योजना बनाएको समेत उहाँले जानकारी दिनुभयो।

स्थानीय समुदायमा विद्यालयको यो सफलताले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा भरेको छ। ठाकुरबाबा नगरपालिकाले समेत विद्यालयलाई बधाई दिँदै भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।



Post a Comment

Previous Post Next Post