जनमैत्री बजेट निर्माण गरेको आर्थिक मन्त्री शाहको दावी

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगमी आर्थिक बर्षको बजेट जनमैत्री बजेट ल्याएको दावी गरेका छन । मन्त्री शाह भने जनतालाई विकासमा जोड्ने बजेट ल्याएको बताएका छन् ।

सोमबार बजेटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यो वर्षको बजेट जनताको लागि ल्याइएको दाबी गरे । पहिलेको तुलनामा यो वर्षको बजेट जनतालाई प्रत्यक्ष रूपमा जोड्ने भएको उनको भनाइ छ । अनेकथरिका प्रेसरकाबीच पनि जनतालाई विकासको अनुभूति हुने खालको बजेट ल्याउन सफल भएको उनले बताए । व्यक्तिलाई बाँड्ने कुरालाई त्यागेर जिल्लामा ठूला सडक,पुल बनाउनको लागि बजेट विनियोजन गरेका छौँ,उनले भने,सबै मन्त्रालयलाई अलिकता भएपनि सिलिङ बढाएर बजेट दिएका छौँ । सासंदहरूको लागि छुट्टाइने बजेट घटाएर जनताको लागि बजेट हाल्न सफल भएको मन्त्री शाहले जानकारी दिए । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गरेको हो ।

जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभन्दा ५ प्रतिशत बढीको बजेट सरकाले ल्याएको हो । कर्णाली सरकारले आइतबार राति १२ बज्नभन्दा केही मिनेटअघि मात्र बजेट सार्वजनिक गरेको हो । दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यातालिका भएपनि दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा राति बजेट ल्याएको हो । प्रदेश सरकारले ल्याएको ‘योजना बैंक’ अपारदर्शी र एकलौटी भएको आरोप विपक्षीहरूले लगाएका थिए ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali