रुकुम पश्चिम : गायिका रचना रिमाल बिरामी परेपछि रुकुम पश्चिमबाट हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ । सानीभेरी गाउँपालिका-३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको हो ।
मंगलबारका लागि कार्यक्रम तय भएको थियो । तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको साँस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए ।
‘महोत्सवमा आज उनको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं । तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्याइयो ।
मंगलबार बिहान चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत उद्दार गरि सुर्खेत लिईएको छ ।
उनलाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुदै नेपालगन्ज लगियो । त्यहाँबाट आजै बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्याइएको छ ।’ गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरि उपचार भइरहेको छ ।

Post a Comment