आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ : साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ  तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।

Post a Comment

Previous Post Next Post