सुर्खेत : कर्णालीको अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापारको योगदान ५३.१ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा यस्तो बताएको हो । तथ्यांक कार्यालयले ६ वर्षअघि गरेको तथ्याङ्क सर्वेक्षण अनुसार कर्णालीको अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, मोटर गाडी तथा मोटरसाइकलको मर्मतको योगदान ५३.१ प्रतिशत रहेको छ । कार्यालयले २०७५ मा गरेको सर्वेक्षणमा कर्णालीको अर्थतन्त्र थोक र खुद्रा व्यापारमा निर्भर रहेको देखाएको छ ।
त्यस्तै कृषि, वन तथा माछापालन व्यवसायमा ३.७ प्रतिशत, औद्योगिक उत्पादन क्रियाकलापमा १०.३ प्रतिशत, आवास सुविधा तथा खाना व्यवस्थामा १४.६ प्रतिशत, शिक्षामा ७.९ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापमा २.७, वित्तिय तथा विमामा सबै भन्दा कम १.६ प्रतिशत, र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान ३.८ प्रतिशत रहेको तथ्यांक समन्वय कार्यालयका सुर्खेतका समन्वय अधिकारी विनोद आचार्य जानकारी दिए ।
Post a Comment