रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका -४ सालगारिमा जिप दुर्घटना भएको छ ।रुकुम पूर्वको सिस्ने गाँउपालिका ४ दादिङस्थित जनप्रिय माविबाट शैक्षिक भ्रमणका लागि आएको जिप आज बेलुका साढे पाँच बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । स्यार्पुताल पुगेर फर्कँदै गरेको लु १ ज २४७० नम्बरको जिप ब्रेक फेल हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाइते हुनेहरुमा सिस्ने गाँउपालिका ४ दादिङ निवासी१५ वर्षीया एसोधा घर्ती, सोही स्थानकी ४१ वर्षीया राम कुमारी बुढा, ५० वर्षीय नरहरि पुन, ४२ वर्षीय गण बहादुर बि।क। र ३२ वर्षीया समिक्षा घर्ती रहेका छन् ।
घाइते मध्य तीन जनालाई छिनखेतस्थित कुसारी मेडिकलमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने दुई जनालाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।
जिप ब्रेक फेल भई सडकमै पल्टिएको थियो ।

Post a Comment