रुकुम पश्चिमको धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरको दान पेटिकाबाट नगद रकम चोरी

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रशिद्ध धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरमा चोरी भएको छ ।

गएराती मन्दिरमा रहेको दान पेटिकाबाट नगद रकम चोरी भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर चार वटा दान पेटिकामा रहेको रकम चोरी भएको छ । दान पेटिकामा रहेको करिब दुई लाख रुपियाँ चोरी भएको अध्यक्ष केसीले जानकारी दिए । चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराईएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले चोरीको जानकारी पाएपछि लगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको जानकारी दिए । टोलीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मन्दिरमा रहेको सिसिटिभी क्यामेराको फुटेज जाँच, स्थानीयसँगको बयान लगायतको काम भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post