एअर इन्डिया विमान दुर्घटनामा परि २ सय ४ जनाको मृत्यु

 एजेन्सी : भारतको गुजरात राज्यको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एअर इन्डियाको विमान दुर्घटनामा परि २ सय ४ जनाको मृत्यु भएको  छ ।

विमान दुर्घटनामा अहिलेसम्म २ सय ४ वटा शव प्राप्त भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचार चलिरहेको पनि प्रहरीले जनाएको छ ।

भारतीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ । विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।

Post a Comment

Previous Post Next Post