चीनबाट हुम्लाको अदानचुली गाउँपालिकालाई सूचना प्रविधि उपकरण प्रदान

हुम्ला : हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अलि प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधि सम्बन्धी उपकरणहरू प्रदान गरेको छ ।

सहयोग सामाग्रीहरू गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुराङ काउन्टीको विदेश मामिला हेर्ने निकायबीच भएको सहमति अनुसार तीन करोड १२ लाख २६ हजार ९२८ रुपैयाँ बराबरको सहयोग सामाग्री प्रदान गरिने उल्लेख थियो । उक्त सहमति अनुसार एक्स्काभेटर, सूचना प्रविधि सामाग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने सम्झौतामा उल्लेख गरिएको थियो । अध्यक्ष सिंहका अनुसार पहिलो चरणमा सूचना प्रविधिसम्बन्धी सामग्री लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोट बुक कम्प्युटर ७ थान, मनिटर १०० थान, स्विच मेसिन २० थान, भिडियो रेकर्डर आठ थान, नेटवर्क केबल चार थान, मनिटर कालोमा १० थान, डेमो क्यामेरा सात थान र क्यास्टल हेडर पाँच थान—हस्तान्तरण गरिएको छ ।

यी सबै सामाग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको बताए । चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान एक्स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने छ । विशेष गरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका ९हुम्ला० र थुलुङ दुधकोसी गाउँपालिका ९सोलुखुम्बु० लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो । अब केही समय पछाडि नाम्खा गाउँपालिकाले पनि उक्त सहयोग प्राप्त गर्नेछ ।

Post a Comment

Previous Post Next Post