वीरेन्द्रनगरमा ट्रकको ठक्करले पैदलयात्री गम्भीर घाइते

सुर्खेत :  सुर्खेतमा ट्रकले पैदलयात्रीलाई ठक्कर  दिएको छ । वीरेन्द्रनगर बजारको मूलपानी चोकमा जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी महिलालाई ट्रकले  ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट दैलेख घर भई वीरेन्द्रनगर बस्दै आएकी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार अहिले प्रदेश अस्पताल सुर्खेतमा भइरहेको छ ।


रत्नराजमार्ग अन्र्तगत मूलपानीचोकबाट बांगेसिमलतर्फ गइरहेको भे १ ख १९३६ नम्बरको ट्रकले जैशीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

ट्रक चालक फरार भएकाले खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

 

Post a Comment

Previous Post Next Post