दशौँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट विनियोजन

काठमाण्डौँ : संघीय सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दशौँ राष्ट्रिय खेलकुद सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको बताए ।

अर्थमन्त्री पौडेलले झापामा अन्तराष्ट्रियस्तरका सबै खेल खेलाउन सकिने गरी अत्याधुनिक रंगशाला निर्माण बताए ।

Post a Comment

Previous Post Next Post