आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने : कर्णाली प्रदेशका विभिन्न ठाउँमा वर्षा

काठमाण्डौ :  आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा गएराति र बिहान वर्षा भएको छ । कोशी प्रदेशमा अहिले पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको तीन घण्टामा मोरङको हरैचामा सबैभन्दा धेरै ४० दशमलव ४ मिलिमिटर वर्षाको  मापन  भएको छ । यस्तै धनकुटा, झापा, इलाम, सुनसरी, खोटाङ, ताप्लेजुङ लगायतका ठाउँमा पानी परेको छ ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम ३०–३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ । तराईका केही ठाउँको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

Post a Comment

Previous Post Next Post