तीन महिनादेखि खाली रहेको कर्णाली प्रदेश प्रहरीमा डीआइजी पोस्टिङ


काठमाण्डौँ  : कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा भर्खर बढुवा भएको झन्डै तीन महिनादेखि रिक्त रहेकोमा प्रहरी नायब महानिरीक्षक  डीआईजी  माधव श्रेष्ठको पोस्टिङ भएको छ । बढुवा भएका (डीआइजी) श्रेष्ठको आजको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा पदस्थापन गरिएको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी जनक भट्टराई २२ फागुनमा एआइजी भएपछि रिक्त भएको पद आजसम्म खाली थियो र निमित्त प्रमुखको भरमा चलेको थियो । 

गृह मन्त्रालयले वैशाख २१ गते सात डीआईजीको सरुवा गर्दा कर्णालीमा जान नमानेको भन्दै कसैलाई पनि पठाइएको थिएन । त्यो बेला कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर गरिएको थियो । 

 कर्णालीमा कमान्ड एसएसपी शिवकुमार श्रेष्ठ निमित्त प्रमुख भएर चलाइरहेका थिए ।

Post a Comment

Previous Post Next Post