कर्णाली : कर्णाली नदीमा डुबेर शुक्रबार बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । स्थानीय, प्रहरी र
शुक्रबार नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका-१, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेका छन् । ‘ठाउँ–ठाउँमा पुगेर खोजी कार्य भइरहेको छ, अहिलेसम्म कुनै पत्तो लागेको छैन्,’
भुवन शुक्रबार बिहान १०ः ३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका—७, अन्तर्गत पर्ने लामादुवालास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार विष्ट शुक्रबार दिउँसो पचालझराना गाउँपालिका—४, को को चाँटेबगर स्थिती कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनको खोजी कार्यका लागि गोताखोरको टोली पनि परिचालन गरिएको छ । ‘गोताखोर, सशस्त्र प्रहरी, हाम्रो टोली र स्थानीय मिलेर खोजीकार्य भइरहेको छ,’ ‘तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’
Post a Comment