जेठ १८ गतेसम्मका लागि कर्णाली प्रदेश सभा बैठक स्थगित

सुर्खेत : विषय सूचीमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ ।

सत्तापक्षका प्रदेशसभा सदस्यहरूको सिट भरी भराउ हुँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरू कोही पनि नभएपछि बैठक स्थगित भएको हो ।  जस कारण बैठक कार्यसूची मै प्रवेश नगरी स्थगित भयो ।

प्रमुख प्रतिपक्ष दल प्रदेशसभाको बैठक छोडेर पार्टी अभियानमा व्यस्त छन । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलहरू अनुपस्थित देखियो । विषय सूचीमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रदेशसभा बैठक बस्नु अघि कार्यसूची तयार गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ । उक्त परापर्श समितिमा सभामुखसहित प्रदेशसभामा उपस्थित सबै दलहरूको प्रतिनिधित्व हुन्छ । सोमबार बसेको प्रदेशसभा बैठकका लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस हुने र महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची तयार गरेको थियो । तर बैठकमा प्रतिपक्ष दलका कोही पनि प्रदेशसभा सदस्यहरू उपस्थित नभएपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

सभामुख नन्दा गुरुङले प्रमुख प्रतिपक्ष दल बैठकमा उपस्थित नहुने भन्ने विषयमा जानकारी नपाएको बताइन । उनले नेकपा समाजवादीका प्रदेश सभा सदस्य कल्याणी खड्का पार्टीको कार्यक्रमले काठमाडौँ  गएको र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाही बिरामी भएकाले उपस्थित हुन नसक्ने जानकारी बाहेक अरू थाहा जानकारी गराइन । 

 आजको बैठकका लागि कार्यसूची सबैको सहमतिमा भएको हो । उहाँहरु नआउने प्रदेश सभा सचिवालयलाई केही खबर थिएन् ।’’ उनले प्रमुख प्रतिपक्ष दलबिना संसद चल्न नसक्ने विगतदेखिको अभ्यास भएकाले जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको बताइन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले संसद प्रतिपक्ष दलको भएकाले बैठकमा यसरी अघोषित रूपमा उपस्थित नहुनु आश्चर्यजनक भएको बताए । उनले कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै उपस्थित भएर कार्यसूची सहमतिमा तयार गरेको र बैठक उपस्थित नहुनु संसदीय मुल्यमान्यता विपरित हुने बताए ।

‘‘अहिले प्रिमनसुन सुरु भएको छ । वर्षा सुरु हुन थालेको छ । कर्णाली भौगोलिक रूपमा विकट छ । बाटाहरू खराब छन् । म प्रस्तावक भएर यही विषयमा एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने कार्यसूची तयार गरेका थियौँ । यसमा प्रतिपक्ष दलको पनि सहमति थियो ।,’’   ‘‘प्रमुख प्रतिपक्ष दलबाट माननीय मिलन खड्का उपस्थित हुनुहुन्थ्यो । उहाँले पार्टीको अभियान भएकाले केही अभियानमा हुनुहुन्छ बाहेक अरू केही भन्नुभएन् । कार्यसूची तयार गर्दा उहाँले निर्णयमा समेत हस्ताक्षर गर्नु भएको छ । यदि उपस्थित हुन नसक्ने भए बैठक आजै राख्नुपर्ने जरुरी थिएन् । एक्कासी बैठकमा नदेख्दा आश्चर्य लाग्यो ।’’

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्ण बहादुर जिसीले पार्टीको अभियानमा जानुपरेकाले र विजनेश नभएकाले बैठक दुई चार दिन पछि राखौँ भनेर भन्दा बैठक राखिएकाले आफुहरूको उपस्थिति नभएको बताए। 

उनले भने, ‘‘अहिले खासै बिजनेस पनि छैन् । सामान्य बिजनेसमा बैठक नचलाउ र हाम्रो पार्टीको अभियान भएकाले दुई चार दिन बैठक नराखौँ भनेका थियौँ । उहाँहरूले बैठक राख्नु भएछ । यसरी प्रतिपक्ष बिना पनि बैठक बस्छ र?’’

Post a Comment

Previous Post Next Post