रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटनामा परि सात जनाको मृत्यु : ३० जना घाइते

एजेन्सी : रुसको ब्रायान्स्क क्षेत्रमा गएराति यात्रुबाहक रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा सात जनाको ज्यान गएको छ भने  ३० जना घाइते भएका छन् ।

रेल पुल भत्किएपछि लिकबाट बाहिरिएको थियो । ब्रायान्स्क क्षेत्र युक्रेनसँग सिमाना जोडिएको रूसी क्षेत्र हो । क्लिमोभबाट मस्को जाँदै गरेको रेल भायगोनिची गाउँ नजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भायगोनिची मस्कोबाट झन्डै एक सय किलोमिटर टाढा पर्छ । रेल चालकको पनि ज्यान गएको छ । दुर्घटनापछि उद्धार टोलीले रेलमा फसेका यात्रुहरूको खोजी गरिरहेको छ । भायगोनिचीमा रहेको एउटा विद्यालयमा आपतकालीन आवासको व्यवस्था गरिएको छ ।


Post a Comment

Previous Post Next Post