सुर्खेतमा एक युवतीको शव फेला

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको डम्पिङ साइटमा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो ।

प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका गरेको छ । शवको पहिचान हुन नसकेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

Previous Post Next Post