कालीकोट : कालीकोटको बिभिन्न क्षेत्रमा चितुवा बाघ फैलिदै गएको छ । शुक्रवार राति कालीकोटको पलाँता गाउँपालिका –८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका ७ बार्खा मारेको छ ।
शुक्रवार दिउँसो चराउन लगाइएका बार्खा घरमा नआए पनि खोज्न जाँदा हिउटाला हिउचुली सामुदायिक वनमा नाइवाडाका करवहादुर बमका सात बार्खा एकै क्षेत्रमा मारेको अबस्थामा भेटिएका हुन् । जिल्ला वन कार्यालय कालीकोटका फरेस्टी टक्कबहादुर बमले वनको नजिकै यताउता तिर सात बार्खा मारेको अबस्थामा आफूले भेटेको बताए । वन क्षेत्रमा जाँदैगर्दा उनिहरु पनि बाख्रा हराए भनेर खोजिरहेका थिए । शनिबार बिहानतिर वनको यत्रतत्र मारेको अबस्थामा भेटिएको सुनाए । सात बाख्रामध्ये एक बाख्राको भित्रपट्टीको केही बाहिरको भाग खाएको देखियो । अन्य बाख्राको रगत मात्र चुसेर मारेको अबस्थामा भेटिएको बमको भनाइ छ ।
कालीकोटका प्रायः वन क्षेत्रमा अहिले पाटेबाघ भेटिएको छ । कतै गाईगोरु मार्छ भने कतै बाख्रा मार्ने गरेको छ । गत बर्ष रास्कोटको तल्लो क्षेत्र वड्लालको खरकाट्ने वनमा चितुवा आफै मरेको अबस्थामा भेटेपछि वनमा बाघ छ भनेर एकिन भएको र पछि कर्णाली करिडोर क्षेत्रमा भेटिने गरेको सुनाए । जिल्लाका सबै सामुदायिक वनमा बाघ फैलिएका छन् । त्यसैले वनजङगल जाँदा स्थानीयलाई बिषेश ध्यान दिन अनुरोध गरे । अहिले सडकमा पनि बाघ दौडिन थालेका छन् ।
Post a Comment