यार्सा संकलनमा गएका जुम्लाका एक युवकको लेक लागेर मृत्यु

 जुम्ला :  हिमाली जिल्ला डोल्पा पाटनमा यार्सा सङ्कलनका लागि गएका जुम्लाका एक युवकको मृत्यु भएको छ ।

गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधवार लेक लागेर मृत्यु भएको स्थानीयले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उनलाई लेक लागेको प्रारम्भिक खबर आएको छ । लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकमा बाटोमै मृत्यु भएको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीका अनुसार आफन्तले दिएको जानकारी अनुसार बोहराको मृत्यु भएको छ, तर के कसरी घटना भएको हो ।

प्रहरीको टिम त्यहाँ पुगेपछि थाहा हुन्छ । घटना थाहा पाएपछि उनले प्रहरी निरीक्षक रोहित रसाईलीे सहितको टिम त्यहाँ गइरहेको छ । केही समयमा टोली त्यहाँ पुगेपछि थाहा हुन्छ । स्थानीयका अनुसार बोहरालाई बुधवार दिउँसो २ बजे लेक लागेको थियो । उपचारका लागि घर ल्याउने क्रममा उनको मृत्यु भएको हो । डोल्पा पाटन यार्सा सङ्कलनका लागि जेठ ५ गते नै खुलेको थियो । यार्सा सङ्कलनका लागि पातारासी गाउँपालिका र गुठिचौर जुम्लाका अधिकांश युवा अहिले पाटनतिर लागेका छन् ।

Post a Comment

Previous Post Next Post