पत्रकार महासंघ र सुर्खेत उधोग बाणिज्यबीचको मैत्रीपूर्ण फुटबल बराबरी

सुर्खेत : नेपाल पत्रकार महासंघ सुर्खेत र सुर्खेत उधोग बाणिज्य संघबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा रोकिएको छ। वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश नवनिर्मित रंगशालामा आज भएको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघले उधोग बाणिजयसँग ४(४ गोलको बराबरी खेलेको हो।

नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औ स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। पहिलो हाफ २(१ ले पछाडी परेको पत्रकार महासंघले दास्रो हाफमा ३ गोल गर्न सफल भयो।

खेलको शुरुवाती ७ मिनेटमैं उधोगबाणिज्य संघले पेनाल्टीको अवसर पाएपनि त्यसलार्इ सदुपयोग गर्न सकेन। त्यसको दुई मिनेपछि राजु पाण्डेले १ गोलगर्दै टोलीलाई अर्ग्रता दिलाए।

खेलको १७ औं मिनेटमा पुन उधोग बाणिज्य संघका अजय गुरुङले एकगोल थप्दै खेललाई २-० को अग्रता  दिलाए ।

खेलको २२ औं मिनेटमा पत्रकार महासंघको तर्फबाट पूर्ण सार्कीले एक गोल फर्काए। ६० मिनेटमा झारिएको खेलको पहिलो हाफमा दबाबमा रहेको पत्रकार महासंघ दास्रो हाफको शुरुती ८ मिनेटमै गोल गर्न सफल भयो। पत्रकार मधुवन विसीले गोलगर्दै टोलीलाई दुई/ दुईको बराबरीमा ल्याउन सफल भए। दोस्रो हाफबाट लयमा फर्किएको पत्रकारको टोली त्यसपछि भने एकपछि अर्को गोलगर्न सफल भयो।

खेलको  ४४ औं मिनेटमा नन्दराम जैसीको पासलाई सदुपयोगगर्दै विसीले थप एक गोलगर्दै टोलीलाई ३-२ को स्थितिमा पुर्याए । एक गोलको अग्रताले हौसिएको पत्रकारको टोलीले खेलको ४८ औं मिनेटमा पुन एक गोल गर्न सफल रह्यो।

खेमबुढाले मिल्ड फिल्डबाट उत्कृष्ट गोलगर्दै टोलीलाई ४-२ को अग्रता दिलाउन सफल भयए। त्यसपछि केही दबाबमा रहेको उधोग बाणिज्य संघले खेललाई पुन सन्तुलित बनाउन सफल भयो।

निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको अन्तिम ४ मिनेटमा उधोग बाणिज्य संघले पेनाल्टीमार्फत एक गोलगर्न गर्यो। पहिलो पेनाल्टीमा चुकेको उधोग बाणिज्य संघको तर्फबाट मिनराज थापाले बललाई जालीमा चुमाए।

खेलको अन्तिममा पुन उधोग बाणिज्य संघको तर्फबाट राजु पाण्डेले एक गोलगर्दै टोलीलाई बराबरीमा पुर्याउन सफल भए।

Post a Comment

Previous Post Next Post