बायु प्रदुषणको प्रभाव बढ्न थालेपछि सचेत रहन चिकित्सकहरुले सुझाव

सुर्खेत : गर्मी यामलागेसँगै बढेको बायु प्रदुषणले मानिसहरुमा बढी प्रभाव पार्न लागेपछि सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले गर्मी याममा बन जंगलमा अत्यधिक डढेलो लागेको, गाडी मोटरको धुँवा, खडेरीले धुलो उडेकोजस्ता कारणले वायु प्रदुषण बढेको हुँदा त्यसको असर मानव स्वास्थ्यमा परेकोले सचेत रहन सुझाव दिएका छन् । 

गर्मी लागेसँगै आँखा पोल्ने, ओठमुख सुक्ने, घाँटी दुख्ने, शरीर चिलाउने, ज्वरो आउने, रुखा खोकी लाग्ने जस्ता रोगको संक्रमण बढेको पाइएको छ । विशेषगरी बालबालिका बढी प्रभावित भएका छन् । राजधानी काठमाडौं त अध्यधिक प्रदुषणले गर्दा मानव स्वास्थ्यमा असर पारेको छभने कर्णाली प्रदेश राजधानी सुर्खेततिर काठमाडौं जतिको असर नपरेपनि प्रदुषणको सुरुवात भइसकेको छ । अस्पताल तथा निजी मेडिकलतर्फ विरामीहरु बढ्न थालेका छन् । 

सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले सुर्खेतमा पनि प्रदुषण बढ्ने क्रममा रहेको बताएका छन । विशेषगरी बिहान र बेलुका प्रदुषित हावा आकाशमा नगई वायुमण्डलमै रहने भएकोले यसले बढी असर गर्ने जानकारी दिए। प्रदुषित हावा बढ्दै गएकोले यसबाट सचेत रही स्वास्थ्य सुरक्षा अपनाउन समेत आग्रह गरेका छन । 

यता प्रदेश अस्पतालमा पनि यसका फाट्टफुट्ट विरामीहरु आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले प्रदुषित वातावरणका कारण विरामी नआएपनि अवस्था हेर्दा सचेतना अपनाउनुपर्ने बेला आएको बताए । उनले गर्मी लागेसँगै भाइरल ज्वरोका बिरामीहरु बढेको जानकारी दिए। दुषित वायु विशेषगरी काठमाडौंतिर भएपनि यता उताको जस्तो चिन्ताजनक अवस्था नभएको तर लापरबाही गर्न नहुनेमा  जोड दिएका छन। घर बाहिर निस्कँदा मास्क लगाउने, धुवाँ धुलोमा सकभर नहिँड्नेजस्ता स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे। 

दुषित वायुले दीर्घकालीन रोगले पनि सताउने गर्दछन् । डा। केसीले दम रोग, मुटुरोग, क्यान्सरजस्ता दीर्घ रोग बढाउँछ । यस्तै सँधै सिथिल बनाउने, रोग प्रतिरोधात्मक क्षमताको ह्रास, सिर्जनशीलताको कमी र यसबाट अन्य रोगहरु पनि लाग्न सक्ने बनाउने बताए ।उनले वायु मण्डललाई दुषित हुनबाट जोगाउन इन्धनबाट संचालन हुने गाडीहरुलाई निरुत्साहित गरी विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्ने, वृक्षरोपण गरी हरियाली बढाउनुपर्ने र स्वास्थ्य सचेतता अपनाउनुपर्ने सुझाव पनि दिए ।

Post a Comment

Previous Post Next Post