कर्णाली सरकारको एक वर्ष पुरा : एक वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे

सुर्खेत  : कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा ९५ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । एक वर्षे उपलब्धि सार्वजनिक गर्दै आज मुख्यमन्त्री यामलाल कडेलले २ सय ५ किलोमिटर सडक ग्राभेल, २३ वटा पक्की पुल, ४२ वटा झोलुङ्गे पुल, ८ वटा सार्वजनिक भवन निर्माण भएको जानकारी दिए ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट कार्यान्वयन भएको प्रदेश सरकारको दाबी छ । २०८० साल चैत २७ गते नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कडेलले चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार दल फेर्नु परेको थियो । अहिले नेपाली कांग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।

Post a Comment

Previous Post Next Post