प्रदेशसभाको बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि आह्वान गरिएको बैठक भोलि ९बुधबार० दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको हो।

कर्णालीमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमतिका लागि दुई दलबीच मंगलबार दिनभर भएको छलफल निस्कर्षविहीन बनेको नेताहरूले बताएका छन्।


केन्द्रीय सहमतिअनुसार माओवादीले एमालेलाई कर्णालीको मुख्यमन्त्री दिन सहमत नभएपछि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका प्रभावित भएको हो।

मुख्यमन्त्री एमालेले लैजाने कि माओवादीले नै निरन्तरता पाउने भन्ने विषयमा एमाले र माओवादीबीच सहमति नभएपछि छलफल  निस्कर्षविहीन बनेको हो।

Post a Comment

Previous Post Next Post