सामुदायिक विद्यालयको खाजामा स्थानीय परिकार समावेश गर्न गाउँपालिकाको निर्देशन

सुर्खेत : कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार खाजाको रुपमा प्रयोग गर्न थालेका छन् ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक९फरक परिकारको तालिका बनाई कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताएका छन्।

“विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ”, उनले भने, “सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।” दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।


Post a Comment

Previous Post Next Post