सुर्खेत : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हामफालेका एक युवक अझै भेटिएका छैनन्। होली मनाउन कर्णाली पुलमा पुगेका १७ जना युवकले सोमबार साँझ पालैपालै नदीमा हाम फालेका थिए। तीमध्ये १६ युवक नदीबाट निस्किए पनि लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमै हराएका हुन्।
उनी बेपत्ता हुनासाथ प्रहरीले खोजी कार्य जारी राखे पनि उनलाई अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ । शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए। उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीलाई पनि खबर गरिएको डिएसपी चन्दले बताए।

Post a Comment