कर्णालीलाई खेलकुदबाट चिनाउन मुख्यमन्त्री शार्माको आग्रह

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई खेलकुदबाट चिनाउनका लागि खेलाडिलाई आग्रह गरेका छन । बुधबार प्रस्तावित इन्डोर र आउटडोर क्रिकेट रंगशाला र देउडा पार्क निर्माणका लागि शिलान्यास गर्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन । 

मुख्यमन्त्री शर्माले दशौं राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वको रूपमा विकास हुने अपेक्षा गरिएको जानकारी गराउँदै त्यसका लागि दत्तचित्त भएर लागिरहेको समेत बताएका छन । उहाँले पाँच ‘प’ नीति अनुसार अघि बढिरहेको बेला खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न अनुरोध गरे । खेलाडीलाई पुरस्कारका लागि चिन्ता नगर्न सुझाव दिँदै कर्णाली चिनाउन प्रतिस्पर्धा गर्न आग्रह समेत आग्रह गरेका छन । दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरू समेटिने उनले जानकारी दिए ।  जीवन क्षेत्रलाई सहज बनाउन सरकार सधै लागिरहेको जानकारी दिए ।  

कर्णाली प्रदेश खेलकुद विकास परियोजना मार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाण्डौले निर्माणको जिम्मा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो ।

यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ ।

चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इन्डोर क्रिकेट हाल निर्माण हुने परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । 

उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो ।  क्रिकेटका लागि कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहे पनि दुई ओटा खेलकुद मैदान आवश्यक हुने भन्दै यस क्षेत्रमा पनि क्रिकेट मैदान बनाउन लागिएको बताए  ।

 


Post a Comment

Previous Post Next Post