जन्मदिनका अवसरमा वृक्षारोपण

सुर्खेत : मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रकाश शाहीले आफ्नो जन्मदिनका अबसरमा वृक्षारोपण गरेर मनायका छन्। प्रकृति संरक्षणका लागी वृक्षारोपण गरेर आफ्नो जन्मउत्सव मनाएका हुन ।  विभिन्न संघ संस्थामा आवद्ध प्रकाश शाही पछिल्लो समय समाज सेवामा सक्रिय रहेर लागि परिरहेका छन्। 

हरेक वर्ष आफ्नो जन्मदिनका अवसरमा सामाजिक कार्य गर्ने गरेका शाहीले यसपटक प्रकृति संरक्षणका लागी वृक्षारोपण कार्यलाई महत्वपुर्ण दिएर यो अभियानका रुपमा अगाढी बढाउनु पर्ने  बताएका छन । उनले क्षारोपण, बिरुवा गोडमेल र खडेरी मौसम कारण बिरुवा सुक्दै गइरहेकाले बिरुवामा पानि सिचाई गरिएको बताए। 

त्रिपुरेश्वर मा.बि मा अध्ययनरत बिद्यार्थी र शिक्षकहरुको सहभागितामा रेडियो नेपाल क्षेत्र जुम्ला रोडको बिच लाईनमा बृक्षारोपण गरिएको र सहभागी सवैले १र१ बिरुवा रोप्नुका साथै यसको संरक्षणको जिम्मा लिने प्रतिबद्धता समेत जनाएको शाहीले बताए ।  वन जंगल विनास हुंदैजादा जलवायु परिवर्तनले पर्यावरणमा गहिरो असर गरेको पानिका मुहान सुक्दै गयको र हिमालय नांगिदा नदिनालामा समेत पानिको बहाव कमहुदै जानु चिन्ता जनक बिषय रहेको र सरोकारवाला सवैको सकृयता वाट पर्यावरण जोगाउन सकिने हुनाले सवैलाई वृक्षारोपण गरेर जगत जोगाउने अभियानमा लाग्न शाहीले अनुरोध समेत गरेका छन्।

Post a Comment

Previous Post Next Post