सुर्खेत : सुर्खेतमा शनिबार राति गोली चलेको घटनाालई लिएर ४ जनालाई प्रहरीले पक्राउ गरि आज सार्वजानिक गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेर २० मिनेटमा गोली चलेको थियो ।
वीरेन्द्रनगर नगरपालिका – १ का स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज आइतबार सार्वजनिक गरेको हो ।
पकाउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका– २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका– ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेको जिल्ला प्रहरी कार्यलका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरुको खोजीकार्य जारी रहेको सुर्खेत प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरीका अनुसार गोली प्रहार गर्ने योजना अनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित गणेश होटेलमा बास बसेका थिए । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजना अनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा ३ जना सँगै बसेका थिए ।
एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगाना लगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।
शनिबार राति विनोद गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।
घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै निमार्ण व्यवसायी विनोद गिरिले आफुमाथी पलानिङ्ग गरेर गोली प्रहार भएको बताएका छन । उनले भने कामको सिलशिलामा बजारबाट घर फर्किने क्रममा एउटा मोटरसाइकलमा दुई जना अज्ञात व्यक्तिहरुले आफु हिडेको साइटबाट आएर गोली प्रहार गरि मार्न खोजिएको बताएका छन । गाडिको सिसा आफु माथी खनिदा गोली नलागेको उनले बताए । उनका उनुसार मोटरसाई आफ्नो गाडि भन्दा अगाडि भएको कारण मोटरसाइकलाई गाडिले ठक्कर दिदा सुटरपेस्तोल सहित व्यक्ती छोप्न सफल रहेको उनले जानकारी दिए । बास्तबिक कुराको पखाईमा रहेको र स्रोत खोलेको आधारमा पुर्ण रुपमा जाहिरी दिने पिडित गिरिले बताए ।

Post a Comment