सुर्खेतमा आँखा पाक्ने रोग तिव्र रुपमा फैलीदै

सुर्खेत : आँखा पाक्ने रोग सुर्खेतमा पनि तिव्र रुपमा फैलन थालेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेनद्रनगरमा दिनप्रतिदिन आँखाका बिरामीहरुको र्संख्या बढ्दै गएको हो ।

पछिल्ला वर्षहरुमा भन्दा यस वर्ष आँखा अस्पतालमा आँखाका बिरामीहरु ६० प्रतिशतले बढेको आँखा रोग विषशेषज्ञ डा. आकांज्ञा रानाले जानकारी दिए ।  विषशेषज्ञ डा. रानाका अनुसार आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । अहिले एडेनो भाइरल कन्जङटिभाइटिस - आँखा पाक्ने रोग-तिव्र रुपमा फैलीएको बताएकी छिन ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिने गरेको उनले जानकार बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने गरेको जानकारी दिएकी छिन

यो रोग एडेनो भाइरसले गर्दा लाग्ने रोग हो । हेरेर वा हावाबाट सर्दैन,आंसु र कचेरा मा भएको भाइरस बाट सर्ने डा. रानाले जानकारी दिए ।  

लक्षण : आँखा रातो हुने, कचेरा लाग्ने, बिझाउने तथा आँसु आउने, ज्वरो आउने र घाँटी दुख्ने, नानीमा असर भएमा धमीलो देखिने, बत्तीमा हेर्दा इन्द्रेणी जस्तो देखिने यसका मुख्य लक्षणहरु हुन ।

उपचार विधि

यो रोग १ वा २ हप्तामा निको हुन्छ, आखा सफा राख्ने, उमालेर चिसिएको कपास वा टिसु पेपरले पुछने,चिसोले आँखा सेक्ने, चिकित्सकको सुझाव अनुसार औषधी राख्ने उपचारको विधि हो ।

बच्ने उपाय

आखाँ रोगबाट बच्नका लागि घरमा छुट्टै शौँचालय प्रयोग गर्ने, बिरामीले आँसु हातले पुछेर जताततै नदल्ने,आँखा छुनु अघी र पछी सावुन पानीले हात धुने, अस्पताल तथा स्कुलमा विशेष ध्यान दिने आदी यसबाट बच्न सकिने बताए ।


 


 

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali