एमालेको प्रतिगमन र व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि गठबन्धन बनेको हो : उपसभापति खड्का

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले एमालेको प्रतिगमन र व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि गठबन्धन बनेको बताएका छन। ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन  बनेको हो । उपसभापति खड्काले भने,एमालेको प्रतिगमन, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि पाँच दलिय गठबन्धन बनेको बताएका हुन् । 

 ‘गठबन्धनले जितेपछि मात्र कर्णालीमा विकास निर्माणलाई व्यापक रूपमा उठाएका छौँ ।  ऐन निर्माण गरेर प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा अगाडी बढाउँन् जीवनबहादुर शाहीको सरकारले कामको थालनी गरेको छ ।’ साथै खड्काले कर्णाली प्रदेशको छुट्टै नक्सा जारी गर्नका लागि आफ्नो ठुलो भूमिका रहेको दाबी समेत गरेका छन। 

लोकतान्त्रि–वाम गठबन्धनले बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दे उपसभापति खड्काले भने, गठबन्धन कुनै दलहरुको रहरले बनेको होईन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होईन, एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको बताए ।

उनले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत् अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरु सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत् गठबन्धनको सिर्जना भएको बताए । २०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होईन ।’ उनले भने, अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने भन्दै संविधानको रक्षा, देशको तिव्र विकास चाहने मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।



‘हामीले शान्ति सम्झौताले परिकल्पना गरेका कामहरुलाई पूर्णता दिन ऐन संशोधनको तयारी गरेका थियौं, एमालेको विरोधका कारण यो संशोधन विधेयक समितिमा अड्किएको हो । उनले अब मङ्सिर ४ गतेपछि बन्ने गठबन्धन सरारकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिनेगरी दलहरुबीच सहमति भएको उल्लेख गरे ।

खड्काले यो चुनावले अग्रगमन र प्रतिगमनलाई निर्धारण गर्ने बताए । उनले केपी ओलीको प्रतिगमनलाई साथ दिनेकी सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको उल्लेख गरे । खड्काले ओलीको अहंकारी दम्भ अझै नरोकिएको उत्घोष गरे । ‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे, यसलाई रोक्न र ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो, मुलुकको संविधान देश भन्दा माथि सोच्ने सर्वसत्तावादी अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढीरहनु भएको छ त्यसको विरुद्धमा जनताले मतदान गर्नुहोला ।

यस्तै, खड्काले कर्णाली प्रदेशका १० जिल्लामा रहेका २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सुर्य चिह्नलाई शुन्यमा पार्नुपर्ने मतदातालाई सुझाव दिए । खड्काले गठबन्धनले निर्वाचन जिेतको खण्डमा सिंहदरबारको पैसा कर्णाली ल्याएर कर्णालीमा विकासको मुल फुटउने प्रतिबद्धता जाहेर गरेका छन ।


Post a Comment

Previous Post Next Post