पश्चिम नेपालमा फेरि ५.४ म्याग्निच्युटको भूकम्प

काठमाण्डौँ : पश्चिम नेपालका अधिकांश जिल्लामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । ​आज ९शुक्बार० राति ८ बजेर १२ मिनेटमा कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ​को पातादेवल केन्द्रविन्दु भएर ५।४ म्याग्निच्युटको भूकम्प गएको हो ।

यसअघि पनि डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको थियो । गत बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।

Post a Comment

Previous Post Next Post