अविरल वर्षा पछि आएको पहिरोका कारण रत्न राजमार्ग पुनः अवरुद्ध

सुर्खेत : अविरल वर्षाका कारण पहिरो जाँदा रत्न राजमार्ग अवरुद्ध भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक वर्षासँगैको पहिरोका कारण पुनः अवरुद्ध भएको हो । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको ब्यूरेनीमा पहिरो खसेको छ ।

पहिरो खसेपछि सवारी आवागमन ठप्प छ भने यात्रुहरुको विचल्ली भएको छ । वीरेन्द्रनगरबाट कोहलपुर, जाजरकोट, सल्यान, रुकुम पश्चिम लगायतका जिल्लामा जाने यात्रुहरु ब्यूरेनीमा रोकिएका छन् । गएराती एकतर्फी सडक सुचारु गरिएपनि विहान धरान जाने बस फसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले डोजरले पहिरो हटाइरहेको छ । दुवैतर्फ पहाड रहेको र ठूलो पहिरो सडकमा खसेकाले पन्छ्याउन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पहिरो गएको ठाउँ वीरेन्द्रनगर उपत्यकाबाट झण्डै सात किलोमिटर पूर्वी क्षेत्रमा पर्दछ ।

Post a Comment

Previous Post Next Post