जुम्लामा पश्चिमा शैलीको घोडा दौड प्रतियोगिता सम्पन्न

 जुम्ला : जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका(२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन्। कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन। प्रथम हुने बोहोरालाई पाँच हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। 

द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन्। उनीहरुले  तीन हजार र दुई हजार रुपैयाँ क्रमशः पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। 

स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका-१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका(५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका(२ कुडीका मुनसुर बोहरा तृतीय हुनुभएको छ। प्रथम, द्वितीय र तृतीय हुनेलाई  पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार क्रमशः प्रदान गरिएको पनि जनाइएको छ। 

त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका(८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका(१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका(२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएका छन्। 

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ।

Post a Comment

Previous Post Next Post