सुर्खेत : वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका ५० जना दलित महिला आयआर्जनमा अग्रसर भएका छन् । दलित महिला संघ सुर्खेतले संचालन गरेको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट उद्यम विकासको तालिम प्राप्त गरेपछि उनीहरु आयआर्जन व्यवसायमा अग्रसर भएका हुन् ।
संस्थाले सोमवार सामाजिक लेखा परीक्षणको आयोजना गरी ती महिलाले घर संचालनका लागि आयआर्जनमा पनि सक्रिय भएको जनाइएको छ । आयआर्जनमा सक्रिय हुन थालेपछि घरेलु हिंसा न्यूनीकरणमा पनि सहयोग पुगेको संस्थाले जनाएको छ ।
परियोजनाका संयोजक खगिसरा वलीले एक वर्षे अवधिमा संस्थाबाट एक सय जना महिलाले मानवअधिकार संयन्त्रवारे तालिम प्राप्त गरी समुदाय तहमा हुने जातीय विभेदका घटना विरुद्ध वकालत गरिरहेको बताउनुभयो । साथै परियोजनाबाट दलित महिलाको न्यायमा पहुँच पुगेको जानकारी पनि उहाँले दिनुभयो । यस्तै २५ जना दलित महिलाहरु अभियन्ताका रुपमा अग्रसर भइ जातीय छुवाछूत र लैंगिक हिंसाका मुद्धामा वकालत गरिरहेको, वस्ती र वडास्तरका योजनाहरुमा दलित महिला अगुवा अभियन्ता र सदस्यहरुले विभिन्न सामाजिक काममा सक्रियता देखाएको, संस्थाले गठन गरेका २० वटा समूहमा सात लाख ९४ हजार रुपियाँ बचत संकलन गरेको र त्यसबाट १० जनाले घुम्ती कोषबाट ऋण लिएर विभिन्न उपलव्धी गरिरहेका छन् ।
सामाजिक लेखा परीक्षणमा दलित महिला संघका अध्यक्ष मन्जु सुनारले दलित महिलालाई परियोजनाबाट विभिन्न सहयोग गरी घर संचालनका लागि आयाआर्जनमा अग्रसर बन्न र जातीय विभेद न्यूनीकरणमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले दलित महिलालाई न्यायमा पहुँच पु¥याउन पनि भूमिका खेलेको जिकिर गर्नुभयो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शेरबहादुर केसीले स्थानीय तथा वडा तहसँग समन्वय गरेर महिलाका साथै दलित महिलाका पक्षमा धेरै काम गर्न सकिने जनाउनुभयो ।
सो अवसरमा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, वीरेन्द्रनगर नगरपालिकाका न्यायिक समितिका सदस्य रमिला शेर्पालीलगायतले दलित महिला सशक्तिकरणमा परियोजनाले खेलेको भूमिकाको सह्राना गर्नुभएको थियो ।

Post a Comment