दैलेख : दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन् ।
फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उनकी श्रीमती २२ वर्षीया अञ्जु घाइते भएका प्रहरीले जनाएको छ । माछा मार्ने विस्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिएका छन।
घाइतेलाई दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान फलामे पाइप सकेट बरामद गरेको छ ।

Post a Comment