९ दिनपछि कालीकोटमा विद्युत् सेवा सुरु

कालीकोट : कालीकोटमा ९ दिनपछि विद्युत् आपूर्ति हुन भएको  छ । लगातारको वर्षापछि कालीकोट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण असोज १९ गतेदेखि बन्द भएको विद्युत् सेवा हिजोदेखि सुरु भएको हो । 

दैलेखको दुल्लु सबस्टेशनदेखि कालीकोटको मान्म सबस्टेशनसम्मको ६० किलोमिटर क्षेत्रभित्रको अवरोध हटाएपछि विद्युत् सेवा सुरु भएको नेपाल विद्युत् प्राधिकरण कालीकोटका कार्यालय प्रमुख विमल शाहले बताएका छन ।

ठाउँठाउँमा गएको पहिरोले रुख ढलेर विद्युतीय संरचनामा क्षति पुर्याएको उनले बताएका छन । पहिरोकै कारण सडक अवरद्ध हुँदा विद्युत् सेवा समयमै सञ्चालनमा ल्याउन नसकिएको शाहले बताए । 

केही ठाउँमा भने पहिरोले क्षति पुर्याएका ११ केभी लाइनका पोलहरुको मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ।

Post a Comment

Previous Post Next Post