बैंकको चर्काे व्याज विरुद्ध वीरेन्द्रनगरमा सुयुत्त विरोध प्रदर्शन

 सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका व्यावसायीहरुले बैंकहरुले चर्को व्याज बढाएर व्यावसायीहरुलाई मानसिक यातना दिएको भन्दै वीरेन्द्रनगर बजार बन्द गरेका छन् ।

व्यावसायीहरुले मंगलगढी चौकबाट विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक सुर्खेतमा ज्ञापन पत्र बुझाएका हुन ।

मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका वीच भरथेग गरेर मूलुकको अर्थतन्त्र धानिरहेको निजि क्षेत्रलाई नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन २०७९ र मार्गनिर्देशनको आडमा आर्थिकको अवसरलाई छोपेर निजि क्षेत्रलाई धरायसी बनाउने बैंकहरुले सिण्डिकेट लगाई कडाई गरेकोप्रति प्रतिवाद गर्न बन्द गरिएको संयूक्त व्यावसायी संघर्ष समितिका संयोजक लक्ष्मण कँडेलले बताएका छन ।


Post a Comment

Previous Post Next Post