जुम्लामा अविरल वर्षापछिको पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

 जुम्ला : अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । 

बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ । 

Post a Comment

Previous Post Next Post