कालीकोट : कालीकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर तिलागुफा नगरपालिका वडा न ७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको ज्यान गएको हो ।
महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरमा भेटघाट गरेर फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उहाँको ज्यान गएको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।

Post a Comment