चुनावका लागि कर्णालीबाट १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा

 सुर्खेत : आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । 

१२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २-२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५  मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् । 

यस्तै हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् ।  यस्तै १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।  

Post a Comment

Previous Post Next Post