तिहार अगाडी नै कर्णाली राजमार्ग खुलाउन सेना र सडकका जनशक्ति दिनरात खट्दै

जुम्ला : अविरल वर्षापछि आएको पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुलाउन नेपाली सेना र सडक डिभिजन जुम्लाका जनशक्ति दिनरात खटिएका छन् । नागरिकले सडक खुल्न ४÷५ महिना लाग्छ भन्दै आँकलन गरेपनि तिहार अगावै खुल्ने लक्ष्यका साथ अबरुद्ध खुलाउने कार्य निरन्तर भईरहेको छ ।

हाल सम्म राजमार्गको टाकुल्ला खण्ड सम्म अबरुद्ध खुलेको छ । भने पहिरोका कारण सडकमा खसेका ठुला ढुंगा नेपाली सेनाले ब्लाष्टीङ गर्न थालेको छ । अवरुद्ध कर्णाली राजमार्गमा खसेका ठूला ढुंगा फुटाउन सेनाले ब्लाष्टिङ थालेको हो । नन्दाबक्स गणका ५० जना सेना राँचुलमा क्याम्प स्थापना गरी सडक खुलाउन खटिएका छन् ।

यस्तै सडक डिभिजनका झण्डै ७५ जना बढी जनशक्ति खटिएका छन् । राजमार्गको नाग्म देखी राँचुली खण्डमा दुई दिन अघि देखी नेपाली सेना र सडक डिभिजन जुम्लाको समन्वयमा ब्लाष्टिङ शुरु गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । उनका अनुसार अबरुद्ध कर्णाली राजमार्गको टाकुल्ला सम्म सडक खुलेको छ । इन्धन अभाव नभएको खण्डमा कर्णाली राजमार्ग तिहार अघिनै खुल्ने छ ।

Post a Comment

Previous Post Next Post